नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक चलिरहेको हो ।

बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ ।

कांग्रेसमा महामन्त्रीसहितले विशेष महाधिवेशन गर्नुपर्ने तर्क राखिरहेका छन् ।

तर, संस्थापन पक्षले भने वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर