‘रमिताको पिरती’ माघको २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘जुनी भर’ सार्वजनिक गरेको छ ।

गीतमा महेश काफ्लेको शब्द, सङ्गीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य २ कलाकारहरू आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ ।

यसले, विनय र आनाको प्रेमको सुरुवातको रूपमा यो गीत तयार भएको बुझ्न सकिन्छ । फिल्ममा आना र विनयको अलावा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरूको पनि अभिनय छ ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको सङ्गीत दिएका छन् । सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन छ । फिल्मले एक युवतीको प्रेम भावनालाई सूक्ष्म रूपमा फिल्ममा देखाएको निर्माण पक्षको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर