सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि सर्किट लागेको हो ।

११ : ५ बजेसम्म नेप्से ७४ अंक बढेर १९२६ अंकमा कायम भएको छ । योसँगै कारोबार २० मिनेटका लागि स्थगित भएको छ । पहिलो १ घण्टाभित्र ४ प्रतिशत बजार बढेमा वा घटेमा सर्किट लाग्ने व्यवस्था छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ । त्यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर