काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरिगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।
आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले जानकारी दिए ।