राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) सँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

नेकपाले गण्डकी प्रदेशमा एक सिट खाली राख्दै कुल १७ जना उम्मेदवार चयन गरेको जनाएको छ ।

पार्टीले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । मधेश प्रदेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल उम्मेदवार छन् ।

त्यस्तै, बागमती प्रदेशबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा, गण्डकी प्रदेशबाट कपिल लामा, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक उम्मेदवार चयन भएका छन् । कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर