साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज १३.३५ अंकले घटेर २६३५.९४ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा एसवाए प्यानल नेपालको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.४५ अंकले घटेको हो । त्यसैगरी, जीवन विकास लघुवित्तको ६.५९ प्रतिशत, विन नेपाल लघुवित्तको ५.५३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर