१० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई बुधबार दिउँसो अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हाल उनलाई नियन्त्रणमा लिई प्रहरीले कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।










