राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची अद्यावधिक गरेको छ ।
उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएसँगै आज आइतबार निर्वाचन आयोग पुगेर सूची अद्यावधिक गरिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए ।
दुई दलबीचको एकता शनिबार साँझ भंग भएको थियो । लगत्तै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि सहमति भएसँगै दुई दलले समानुपातिकतर्फको साझा सूची बुझाएका थिए ।
रास्वपाकै तर्फबाट उज्यालो नेपालले पनि सूची बुझाएको थियो । दुई दलको एकता भंग भएसँगै फागुन २१ को निर्वाचनमा उज्यालो नेपालको समानुपातिकतर्फ उम्मेदवार नै नहुने भएका छन् ।










