अघिल्लो दिन घटेको सुनचाँदी भाउ शुक्रबार फेरि बढेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा १६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६४५ रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर