साफ फुट्सल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको प्रतिस्पर्धामा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ।

शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले श्रीलङ्कामाथि २-१ गोलको जित निकालेको हो।

नेपालको जितमा दुबै गोल सरोज तामाङले गरे। उनले खेलको १५ मिनेटमा बराबरी गोल फर्काएका थिए। २१ मिनेटमा उनले दोस्रो गोल गर्दा सोही गोल निर्णायक समेत साबित भयो।

त्यसअघि श्रीलङ्काले मोहम्मद साजनको गोलबाट खेलमा अग्रता लिएको थियो।

नेपालको जितमा दुई गोल गरेका सरोजले खेल राम्रो भएको र आगामी दिनमा समर्थन गरिदिन आग्रह गरे।

महिलातर्फ नेपाली दुई खेल खेलिसकेको छ। श्रीलंकासँग बराबरी खेलेको नेपालले बिहिबार माल्दिसलाई हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर