
साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुनको भाउ तोलामा १३०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १७ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।