भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल प्रतिनिधिसभाको निर्वाचनमा मैदानमा उत्रिने पक्का भएको छ ।
नेकपाले चितवन–३ बाट उठाउने निधो गरेसँग मेयर पदबाट रेनुले राजीनामा दिने भनिएको थियो ।
तर, उनले आजसम्म राजीनामा दिएकी छैनन् । उनले भोलि उम्मेदवारी दर्ताको लागि जानुअघि मात्रै राजीनामा दिने भएकी हुन् ।
राजीनामा दिनुअघि उनले उपमेयरको उपस्थितिमा पत्रकार सम्मेलन गरेकी थिईन् । सो क्रममा उनी रोएको भिडिओ सार्वजनिक भएको छ ।










