काठमाडौँ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ ।

रास्वपाले उनलाई काठमाडौँ ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।

पाण्डेले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए ।

आसन्न निर्वाचनमा सहभागी हुन भन्दै उनले केही दिनअघि महानगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर