राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यसपालि पनि काठमाडौं-१ बाटै चुनाव लड्ने भएका छन्।

रवीन्द्र मिश्र अघिल्लो दुवै निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए।

२०७९ मा मिश्रले ७ हजार १८ मत ल्याउँदा सिंहले ७ हजार १४३ मत प्राप्त गरी विजयी भएका थिए।

२०७४ मा मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए। त्यतिबेला सिंहले १० हजार ९३६ मत ल्याएका थिए।

काठमाडौं-१ मा यसपालि पनि प्रकाशमान सिंहकै चर्चा छ।

एमालेले मोहन रेग्मीलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट रञ्जु दर्शना र नेपाली कम्युनिस्ट पार्टीले मेनका भण्डारीलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर