जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव सप्तरी–३ बाट निर्वाचन लड्ने भएका छन् ।

जसपा नेपालको सोमबार राजविराजमा सम्पन्न बैठकले अध्यक्ष यादवलाई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख पूर्व मधेश प्रदेश सभा सदस्य नेता विदेश्वर यादव (विक्की) ले जानकारी दिए ।

अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी– २ बाट चुनाव लडेका थिए । तर जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

यस्तै जसपा नेपालले सप्तरी–१ बाट श्याम सरदार, २ बाट पूर्व मन्त्री उमेश यादव र ४ बाट डा. बबी सिंह यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर