आज माघ ६ गते मंगबार सेयर बजारमा दोहोरो अंको वृद्धि भएको छ । आज ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४० करोड ७९ लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ३९ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।त्यस्तै आज मन्जुश्री फाइनान्सको ३७ करोड ७ लाख ६५ हजार रुपैंया, ग्रीन भेन्चर्सको ३० करोड १३ लाख ७६ हजार रुपैयाँ, एसवाइ प्यानल नेपालको २६ करोड ८७ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।










