दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दलबाट २३ र स्वतन्त्र बाट ७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ९ जना दल र ४ जना स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले) बाट निवर्तमान प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, नेपाली कांग्रेस बाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल पन्त, राप्रपाबाट वृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चा पार्टी बाट नरमती सिंजालीको उम्मेदवारी परेको छ ।

मंगोल नेशनल अर्गनाईजेशन बाट सलन चिदी, नेश्नल रिपब्लिक पार्टी बाट थमन सिं रेस्मी मगर र नेकपा माओवादी बाट पुरन गैह्रे शर्मा गैरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । स्वतन्त्रतर्फ डिल्ली राज काफ्‌ले, कोशल अर्याल, युद्ध बहादुर विरकट्टा र वाछा दली मियाको उम्मेदवारी रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले) बाट निर्वमान प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिए ।

राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बाल बहादुर दर्लामी (विशाल), राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देव प्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी एकल चुनाव चिन्हबाट खिक बहादुर रेश्मी मगर, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मंगोल नेशनल अर्गनाईजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी९माओवादी०बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टी बाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण सोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए ।

क्षेत्र नं।२ मा स्वतन्त्रबाट मोहनकुमार थापा, देवी प्रसाद भण्डारी र केशवप्रसाद बस्यालले मनोनयन दर्ता गराए । विहान १० बजेदेखि ५ बजेसम्म भएको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा दलहरु आफ्‌ना कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पाल्पामा नेकपा (एमाले) ले निवर्तमान प्रतिनिधिसभा सदस्यहरुलाई नै उम्मेदवार बनाएको छ ।नेपाली कांग्रेस र रास्वपा लगायतका अधिकांश दलले नयाँलाई मौका दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर