साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार ५७.५५ अंकले बढेर २७७२.१७ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।

आज एसवाइप्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केवलकार, हिम स्टार उर्जा कम्पनी, मालिबुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, त्रिशुली जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर