साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।

आज बजार ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सामान्य गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ ।

आज एसवाइ प्यानल नेपाल, हिमस्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर