साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । आज ओम मेगाश्री फर्मास्यूटिकलको सेयर मूल्य सर्वाधि घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.९३ प्रतिशतले घटेको छ ।
त्यसैगरी, ट्रेड टावरको ६.६६ प्रतिशत, झापा इनर्जीको ६.२५ प्रतिशतले घटेको छ ।










