राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन्। उनी बिहीबार दिउँसो बुद्ध एयरको उडानमार्फत भरतपुर विमानस्थलमा अवतरण गरेका हुन्।

स्वकीय सचिव अविनाश आचार्यका अनुसार चितवन आगमनपछि लामिछानेले लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम तय छ। त्यसपछि भरतपुरको विशालचोकमा रहेको निवासमा गृहप्रवेशसम्बन्धी कार्यक्रम सञ्चालन हुने बताइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा अन्य राजनीतिक गतिविधिमा सहभागी हुन उनी चितवन पुगेका हुन्। लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार रहेका छन्।

यसअघि माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि उनी काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।उपचारपछि डिस्चार्ज भई केही समय घरमै आराम गरिरहेका लामिछाने पुनः निर्वाचन गतिविधिमा सक्रिय भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर