टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। आज नेपाल र इंग्ल्यान्डबीच खेल हुन लागेको हो ।
यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । २० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल समूह सी मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। नेपालले माघ २९ मा इटालीसंग, फागुन ३ मा वेस्ट इन्डिजसंग र फागुन ५ मा स्कटल्यान्डसँग खेल्ने छ । नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।
नेपालले यसअघि दुवै वटा अभ्यास खेल जितेको थियो , जसले टिममा आत्मविश्वास बढाएको छ। नेपाली खेलाडीहरूले विश्वस्तरका टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्, र समर्थकहरूले नेपालको जितको आशा गरेका छन्। नेपालले तेस्रो पटक टि २० विश्वकप खेल्न लागेको हो।
यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् । आज आइतबार ११:१५ बजे ओमान र श्रीलंकाबीच खेल हुनेछ भने ७:१५ बजे भारत र नामिबियाबीच खेल हुनेछ ।










