साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १०.२५ अंकले घटेर २६९८.४४ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.९१ प्रतिशतले घटेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.६४ प्रतिशतले सेयर मुल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर