साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।
आज मायाखोला हाइड्रोपावरको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.४० प्रतिशतले घटेको छ । त्यसैगरी, मालिबुङ इनर्जीको ४.९३ प्रतिशत, कालिञ्चोक दर्शनको ४.६८ प्रतिशतले सेयर मुल्य घटेको छ ।










