रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर