सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा जारी टी-२० विश्वकपको सुपर-८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रूपमा उक्त विश्वकप खेल्नेछन् । यस्तै जारी विश्वकपमा सुपर-८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बाब्बे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् ।

सुपर-८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रूपमा विश्वकप खेल्नेछन् । त्यसबाहेक सुपर-८ बाहिर रहेकामध्ये हाल टी-२०आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउनेछन् ।

अफगानिस्तान र आयरल्याण्ड जारी विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए । भारतसँगको विवादका कारण बांङ्लादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन ।

८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् । अफ्रिका, युरोप, अमेरिका र एसिया–इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटमार्फत छनोट भई ८ देशले विश्वकप खेल्नेछन् ।

नेपालले यसपटक एसिया-इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटको शीर्ष स्थानमा रहँदै २०२६ को विश्वकपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर