नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी १३० रुपैयाँले बढेर तोलामा ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।










