दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा आजै विवाह गर्दैछन् । खबरका अनुसार यी दुई कलाकार विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूको प्रेम सम्बन्ध सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’को छायांकन सेटबाट सुरु भएको हो ।
पछिल्लो समय सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीहरू मध्येकी एक रश्मिकाको जन्म ६ अप्रिल १९९६ मा कर्नाटकको कोडागु जिल्लामा भएको थियो । उनका पिता कफी सप चलाउँथे । रश्मिकाका अनुसार उनको बाल्यकाल निकै संघर्षपूर्ण थियो । कुनै समय उनका आमाबुवासँग खेलौना किन्ने पैसा समेत हुँदैनथ्यो । उनले पत्रकारिता, मनोविज्ञान र अङ्ग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी छिन् । शिक्षा पूरा गरेपछि उनले मोडलिङ सुरु गरेकी हुन् ।










