मतदान सुरु हुन बित्तिकै एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बेहोस भएका हुन् ।

उनको जिम्मेवारी सहायक निर्वाचन अधिकृतलाई दिइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

अचानक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर