रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ ।
५ हजार ६ सय १ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा.लेखजंग थापाले ३ हजार ६ सय २६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले ४७०, नेकपा (एमाले)का वासुदेव घिमिरेले ४१८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार क्याप्टेन गौरव बोहराले ४९२ प्राप्त गरेका छन्।










