राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा अग्रता बढाउँदै लगेका छन् ।
मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत पाँच हजार २५४ पुगेको छ ।
उनलाई ओलीले एक हजार २४८ मतका साथ पच्छ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन् ।
यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन् ।










