एक प्रकारको टाउको दुख्ने रोग माइग्रेन हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो  रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन  जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग  महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि  नै सुरु हुनसक्छ ।

हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रत्तफ्नली र  मस्तिष्क वरिपरिका नसाहरु सुन्निन थाल्दछन् ।

  • बढी मानसिक चिन्ता लिनाले
  • चिया र कपिफ् धेरै पिउनाले
  • समयमा नसुत्नाले
  • गुन्द्रुक, तामा तथा शिशीमा राखिएका पुरानो अचारको सेवनले
  • बढी मात्रामा दुखाई कम गर्ने औषधिहरु  (पेनकिलर) को प्रयोग
  •  तसर्थ माथि दिइएका कारणहरुले माइग्रेन हुने  सम्भावना बढी हुन्छ ।

माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे फरक हुने गर्दछन् ।

  • टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र तर करिब एक तिहाई  बिरामीमा यो दुखाई टाउकोको दुवै भागमा समेत हुने गर्दछ ।
  • टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
  • यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहिं आँखाका गेडाहरु दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखापर्न सक्छ ।
  • वाकवाकि लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि समेत सहन नसक्ने, हात–खुट्टा चिसो हुने आदि समेत हुनसक्छ ।
  • टाउको दुखाई बल्भिफ्नु भन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाई  लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने आदि समेत  हुन्छ ।
  • त्यस्तै टाउको दुखाई सक्किएको करिब २४ घन्टासम्म बिरामीले  थकान महसूस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो  महसूस गर्ने गर्दछ ।

माइग्रेन कसरी पत्ता लगाइन्छ

लक्षणहरुका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन ।

माइग्रेन रोकथामका उपायहरु

  • माइग्रेन क्यापिफ्नले गर्दा बढ्ने भएकोले क्यापिफ्न पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट कम मात्रामा खानु राम्रो हुनेछ,
  • राति एउटै समयमा सुत्ने बानी बसाउने, –पूरानो शिशीको अचार, गुन्द्रूक, तामा जस्ता खानेकुराहरु नखाने,  साथसाथै पिरो कम खाने,
  • राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने,
  • घाममा धेरै नबस्ने, नहिड्ने, यदि घाममा हिड्नु परे छाताको प्रयोग  गर्ने,
  • दुखाई कम गर्ने औषधि (पेनकिलर)को प्रयोग कम गर्ने किनकि त्यस्ताखाले औषधि सेवन बढी गर्नाले टाउकोको दुखाई एकछिन कम  हुन्छ तर पेफ्रि बल्भिफ्न्छ ।

माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । माथि दिइएका उपायहरु अपनाउन सके यसको दुखाईबाट केही हदसम्म आपूफ्लाई बचाउन सकिन्छ र साथसाथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अभफ् सजिलो हुन्छ । किनकि यसले हप्ता वा महिनामा कति पटक टाउको दुख्ने गर्दछ भन्ने थाहा पाउन मद्दत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधि उपचार गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर