प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् ।

आइतबार सम्पन्न मतगणना अनुसार श्रेष्ठ २६ हजार १४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार २७९ मत प्राप्त गरे ।

तेस्रोमा एमालेका धनबाहादुर घलेले १० हजार ८४ मत प्राप्त गरेका छन् । श्रेष्ठको जितसँगै धादिङको दुवै क्षेत्रमा रास्वपाले क्लिन स्विप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर