टक्सार पिखुवा खोला हाइड्रोपावरले आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६ सय ६८ कित्ता सेयर निष्काशन गर्नेछ।
जसमध्ये १२ करोड रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका १२ लाख कित्ता साधारण सेयर पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो।
स्थानीय तथा वैदेशिक रोजगारीमा गएकाहरूले आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन ११ गतेसम्म खुला रहनेछ।










