साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । आज बजार ६४.६७ अंकले बढेर २८७७.०२ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
आज ङादी ग्रुप पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज रिडी पावर कम्पनीको ६२ करोड ६० हजार रुपैंया, आँखुखोला जलविद्युत कम्पनीको ५९ करोड ५७ लाख ११ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ५९ करोड ३३ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।










