नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । दुई फरक घटनामा पाँचजना पक्राउ गरेको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार, पक्राउ पर्ने मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङ छन् । उनीसँग २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामत भएको ब्युरोले जनाएको छ ।

यस्तै भारतबाट काठमाडौँमा खैरो हेरोइन ल्याएर विक्री गर्दैआएको सूचनाका आधारमा खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ कारखाना चोकबाट तीन जना पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी–५का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रे तेमाल(८ का ३० वर्षीय सागर तामाङ छन् ।

उनीहरूसँग ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजटल तराजु बरामत भएको प्रहरीले जनाएको छ । यस्तै यही घटनाको थप अनुसन्धान गर्दैजाँदा उनीहरूलाई भारतको बिहारबाट खैरो हेरोइन ल्याएर दिने बिहार अररिया फारबिसगन्जका २५ वर्षीय विपुल बर्मालाई पनि ब्युरोले पक्राउ गरेको छ । उनीसँग १०० ग्राम खैरो हेरोइन फेला परेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर