अर्थविद् केशव आचार्यको निधन भएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।

उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनी नेपालका अर्थनीति, योजना तथा विकाससम्बन्धी क्षेत्रमा महत्वपूर्ण योगदान दिने अर्थविद् थिए। उनले विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्दै नेपालको आर्थिक नीति निर्माणमा ठूलो भूमिका खेलेका थिए।

उनको निधनले नेपालको आर्थिक तथा बौद्धिक क्षेत्रलाई ठूलो क्षति पुगेको छ।नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर