प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्।
केसी नेपाली काँग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका केसीले भोलि प्रतिनिधि सभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन्।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।










