साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २८.२३ अंकले घटेर २९३५.९४ को विन्दुमा कायम भएको हो ।
उक्त दिन विभिन्न ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावटआउँदा ११ उपसूचक राताम्मै भएको छ ।
बजारमा गिरावट आउँदा अभियान लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.७४ प्रतिशतले घटेको छ । सालपा विकास बैंकको ६.९९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।










