साताको अन्तिम कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.२१ अंकले बढेटेर २९५०.१६ को विन्दुमा कायम भएको हो ।
उक्त दिन विभिन्न ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी आउँदा नौ उपसूचक हरियाली भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन र र भुजुङ् हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










