लगानीकर्ताको साझा अपेक्षाविपरीत सेयर बजारले साताको पहिलो कारोबार दिनमै उल्टो दिशा समातेको छ। बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन भएकाले बजार उकालो लाग्ने व्यापक अपेक्षा गरिएको थियो।
तर, ती अपेक्षालाई धक्का दिँदै बजारले गिरावटको लय समात्दा नयाँ सरकारप्रति लगानीकर्ताको विश्वास अझै स्पष्ट रूपमा देखिन नसकेको संकेत गरेको छ।
शुरुआती उत्साहका बाबजुद बजारले सकारात्मक प्रतिक्रिया नदिँदा नीति, नेतृत्व र आर्थिक दिशा सम्बन्धी अन्योल कायमै रहेको आकलन गरिएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार ७१.०५ अंकले घटेर २८७९.११ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।










