साताको दोसो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार ४७.७१ अंकले घटेर २८३१.३९ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
आज सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.७९ प्रतिशतले घटेको छ । त्यसैगरी यूनिक नेपाल लघुवित्तको ७.२३ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ६.८६ प्रतिशतले सेयर मूल्य घटेको छ ।










