सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ ।
गत सोमबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो ।
हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।










