साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ ।आज नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेको छ।

आज ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आएको गिरावटसँगै नौ उपसूचकहरू राताम्मै देखिएका छन् ।

आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर