साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको छ।

आज ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आएको बढोत्तरीसँगै सबै उपसूचकहरू हरियाली देखिएका छन् ।

आज सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर