अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। दुई देशबीचको वार्तामा प्रगति नभएसम्मका लागि यो युद्धविराम लम्ब्याइने उनले बताएका छन्।
ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन्। यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै भनेका छन्, ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै पक्षबाट तयार र सक्षम रहन निर्देशन दिएको छु। त्यसैले, इरानको प्रस्ताव पेस नभएसम्म र छलफल कुनै न कुनै निष्कर्षमा नपुगेसम्मका लागि युद्धविराम बढाइनेछ।’










