फिल्म ‘लाइफ ड्यामेज’को गीत ‘ब्युटिफुलम्’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द, एसडी योगी र रेश्मा पुनको स्वर छ ।
गीतमा अभिनेत्री सुरक्षा पन्त, निमेष श्रेष्ठलगायत देखिएका छन् । गीतको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।
‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण फिल्म फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय छ।
निमेष श्रेष्ठकथा रहेको फिल्म ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताए ।
अभिनेत्री सुरक्षा पन्तले फिल्मको आइडिया मन परेकोले आफुले काम गरेको बताइन् । फिल्ममा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन छ । फिल्मको वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ ।










