बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।
उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदै गर्दा कैदीबन्दीको बाटोमा मृत्यु भएको हो ।
मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए । चौधरीमा दम र प्रेसरको समस्या भएको बताइएको छ ।
२०७९ साल जेठ २३ गते जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको चौधरीलाई जबर्जस्तीकरणीको अभियोग थियो ।