साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा पुगेको छ।

आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा गिरावट आउँदा ११ उपसूचकहरू राताम्मै देखिएका छन् ।

आज बजारमा गिरावट आउँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०.३८ प्रतिशतले घटेको छ । त्यसैगरी, माइखोला हाइड्रोपावरको ९.११ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर