राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ।

आज दिउँसो केन्द्रीय कार्यालय च:मतिमा सचिवालय बैठक बसेको हो।

सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

साथै स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ। रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो।

बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे छलफल हुनेछ। रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको छ।

साथै रास्वपाले संसदीय दलको विधान संशोधन गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर